
Welcome to the official website of Rastriya Prajatantra Party
Welcome to the official website of Rastriya Prajatantra Party
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा पाथीभरा केबलकारका विषयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले केबलकार निर्माण कार्य तत्काल रोकेर स्थानीय बासिन्दासँग सरकारले छलफल गर्नुपर्ने बताए।
"सरकारले कुनै व्यापारीको फाइदा, केही राजनीतिक नेताहरूको कमिसन, सेयर सुरक्षाको लागि जनतालाई दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरूरी छैन", लिङ्देनले भने, "केबलकारको आवश्यकता हो वा होइनरु स्थानीय जनतालाई त्यसले कति फाइदा गर्छरु केबलकारले त्यहाँको मौलिकताको सुरक्षा, सनादन परम्परामाथि आक्रमण र सुरक्षा हुन्छ कि हुँदैन त्यसको विश्लेषण गरेर मात्र केबलकार निर्माण अघि बढाउनुपर्छ।"
उनले जनतामाथि प्रहरी दमन भएको भन्दै रोक्न पनि माग गरेका छन्। "प्रहरीहरु फिर्ता गरी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै भय र आतंकको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु", उनले भने।
Interdum et malesuada fames