
Welcome to the official website of Rastriya Prajatantra Party
Welcome to the official website of Rastriya Prajatantra Party
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलका नेताहरूलाई चुनाव लड्न आफूहरू नै काफी रहेको जवाफ दिएका छन् । राजाविरोधीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न आउन चुनौती दिएपछि लिङदेनले जवाफ फर्काएका हुन् ।
वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले राजालाई ललकार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्न हामी जस्ता मानिसहरू छौं । हामी चुनाव लड्छौं ।’
उनले आफूहरूले खोजेको राजा चुनाव लड्नेखालको नभएको बताए ।
अध्यक्ष लिङदेनले भने, ‘हामीले खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’